कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले २०६३ मा संसद पुनस्र्थापना भएपछि सेरेमोनियल किङ र वेवी किङको कुरा गर्न छाडेनन् । अन्ततः कांग्रेस पनि गणतन्त्रमा गयो । तर यतिवेला पूर्व राजा ज्ञानेन्द्र शाहले आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् । गिरिजाप्रसाद कोइरालाका उत्तराधिकारी बनेका कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला भने यस विषयमा अहिलेसम्म मौन छन् । देशको प्रधानमन्त्रीका तर्फबाट पूर्वराजाको भनाइप्रति लक्षित कुनै अभिव्यक्ति नआए पनि एमालेले भने पूर्वराजाका दावी झूटो भएको टिप्पणी गरेको छ दोस्रो जनआन्दोलनका नेतृत्वमध्येका नेता माधव नेपालले यस विषयमा शुक्रबार मुख खोलेका छन् । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद पुनः स्थापना गर्ने समयमा पूर्व राजा ज्ञानेन्द्र शाहसँग कुनै पनि सम्झौता नभएको दावी गरे । तत्कालीन समयको आन्दोलनको नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला र आफू भएको भन्दै नेता नेपालले त्यस्तो कुनै सहमति र सम्झौता नभएको दोहोर्याए । उनले भ्रममा नपर्न जनतालाई आग्रह समेत गरे । नेता नेपालले तत्कालीन समयमा भारतका नेता करण सिंहले आफूहरुलाई बेबी किङ स्वीकार गर्न आग्रह गरे पनि आफूहरुले नमानेको खुलासा गरे । जनताको माग बमोजिम राजतन्त्रसँग आफूहरुले सम्झौता भनाइ नेपालको छ ।