नेपाली कांग्रेसको भातृसंगठन प्रजातन्त्र सेनानी संघले २००७ साल देखि २०१७ सालसम्म नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुरयाएका प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको छ । प्रजातन्त्र सेनानी संघले प्रजातन्त्रको अवसर पारेर प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको हो । बिहिबार पार्टी कार्यालय सानेपामा आयोजना भएको सम्मान कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालाले प्रजातन्त्र सेनानीहरुलाई सम्मान गर्नुभयो । प्रधानमन्त्री सुशील कोइरालाले उनीहरूलाई प्रमाणपत्र तथा दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । प्रजातन्त्र सेनानी संघले जनाएअनुसार १ सय ५० जनाभन्दा बढि प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रममा सहभागी हुन आएका सेनानीहरुले आफूहरु प्रजातन्त्रका लागि ज्यानको बजी थापेर लडेको अनुभव सुनाएका थिए । सम्मान ग्रहण गर्न सहिद भइसकेका सेनानीका परिवार समेत उपस्थित छन् । ७५ वर्षभन्दा माथि उमेर पुगेका प्रजातन्त्रका सेनानीहरुले देशमा आफूले सोचेजस्तो प्रजातन्त्र अझै स्थापना नभएको बताएका छन् । उनिहरुले देशमा संविधान जारि नभएकोप्रति चिन्ता समेत व्यक्त गरे । सम्मानित भएकोहरुमा प्रजातन्त्रका सेनानीहरुले खुसी व्यक्त गरेका थिए । उनिहरुले समयमै संविधान निर्माण भएर आफूले सोचेजस्तै प्रजातन्त्रको स्थापनाको कामना गरेका थिए ।











