नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिषय बस्तुबाट टाढिएर अनावश्यक रुपमा दलहरु विच बढ्दै गएको अबिश्वासको वातावरणका कारण गणतन्त्र विरोधी तत्वहरु सक्रिय भइरहेकोमा चिन्ता व्यक्त गरे ।
निर्धारित समयमा संविधान बनाउने विषयमा दलहरु विच सहमती एवं सम्बादलाई विगार्ने विभिन्न शक्तिहरुको चलखेलबाट वेला वेलामा राजालाई ल्याउनु पर्ने जस्ता अनावश्यक कुराबाट नेपाली राजनिति माथि प्रश्न चिन्ह खडा भइरहदा लोकतन्त्र प्रेमीलाई चिन्ता हुनु स्वभाविकै रहेको बताए ।
रौतहट सदरमुकाम गौर स्थित कर्मचारी मिलन केन्द्रमा विहिवार ३० दलिय मोर्चाका कार्यकर्ताहरुले मुलुकको सम समायिक विषयमा नेता नेपाललाई मध्यस्थ कार्यकर्ताको भूमिका निर्वाह गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् ।
उक्त लोकतन्त्र विरोध शक्तिहरुको चलखेलका कारण गणतन्त्र माथि कालो बादल मडारिरहेको अवस्थामा आपसी सदभावलाई धर्यतापूर्ण पालना गर्दै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने कार्यमा कसैलाई ठेस नपुर्याइ दलहरु विच विश्वासको भावना जागृत गराउन आफू लागि परेको स्पष्ट पारे ।
मुलुकलाई लामो समय सम्म अनिर्णयको बन्दी बनाउन नहुने जिकिर गर्दै नेता नेपालले जनताको भावनालाई आत्मसाथ गरी अघि बढ्न र संविधान जारी गराउने कार्यमा सवैको सकारात्मक एवं रचनात्क सहयोग विना सम्भव नभएको कुरा ३० दलिय मोर्चाका कार्यकर्ताहरुलाई उनले आश्वस्त पारे । आफूले मधेशवादी दलको घटक मध्ये तमलोपाका शर्वेन्द्रनाथ शुक्ला संग रुपन्देहीमा र एमाओवादी अध्यक्ष प्रचण्ड संग कुरा गर्दा उहाँहरु संविधान बनाउने प्रति सकारात्मक रहेको संकेत दिदै कुशल मध्यस्थकर्ताको खाँचो रहेको आवश्यक्ता महसुस गरेको जानकारी उनले दिए ।
मधेशवादी र एमाओवादी नेताहरु संग भएको संवाद पछि आफू प्रधामन्त्री शुशिल कोइराला एवं एमाले अध्यक्ष केपी शर्मा ओली संग भेटेर मुलुक विगार्ने खालका तत्वहरुलाई पाखा लगाउन तथा ३० दलिय मोर्चालाई सहमती गराउन मध्यस्थकर्तालाई नियुक्त गर्ने विषयमा छलफल गर्ने मोर्चाका कार्यकर्ताहरुलाई शान्त भएर आफनो अभियानमा लाग्न विश्वास दिलाए ।
यो मुलुक नेपाली जनताको हो, मुलुकलाई बनाउन सवैको प्रयास एवं कुशल कार्य क्षमताको खाँचो रहेकोमा एक अर्का प्रति टिप्पणी गरेर होइन सवैलाई साथ लिएर अगाडी बढ्ने आफनो एक मात्र लक्ष्य रहेको स्पष्ट पार्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले गतिरोधको बाध्क आइस लैण्डलाई खुलाउन हर सम्भव प्रयासरत रहेको बताए ।
३० दलिय मोर्चाको तर्फबाट सभासद अशोक जयसवाल लगायत मोर्चाका नेता एवं कार्यकर्ताहरुलाई नेता नेपालले संविधान बनाउने कार्यमा आ आफना नेताहरुलाई उचित सलाह दिन समेत आग्रह गरे । यसैगरी पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले राजदेवी मिडिया प्रालिद्धारा आयोजति महिला साइकल रयाली तथा प्याब्सनद्धारा प्रजातन्त्र दिवशको अवसरमा आयोजित कार्यक्रमको समुदघाटन गरेका थिए ।