१ पुस, काठमाडौं । थाइल्याण्डमा जारी एसिसी यु १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
नेपालको यो जितसँगै प्रतियोगिताको उपाधि प्रतिश्पर्धाका लागि नेपाल र सिंगापुरबीच खेल हुने छ । शनिबार भएको अर्को सेमिफाइनल खेलमा सिंगापुरले हङकङलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पगेको छ ।
नेपालले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको मलेसिया २१.१ ओभरमा ५५ रनमा अलआउट भयो।