२१ मंसिर, तनहुँ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन बिहीबार नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन ।
तनहुँको क्षेत्र नम्बर १ प्रतिनिधि सभा उम्मेद्वार पौडेलले तनहुँको दमौलीस्थित सत्यवती केन्द्रबाट भोट हालेका हुन । उनले सत्यबती केन्द्रबाट सबैभन्दा पहिले मत हालेर शुभारम्भ गरेका हुन । यस मतदान केन्द्रमा पौडेलले नै महिलो भोट खसालेका छन् ।
पौडेलले मतदानपश्चात संचारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्र सस्थागत गर्न शान्ति, स्थिरता र समृद्धिका लागि यो निर्वाचन ऐतिहासक भएको प्रतिक्रिया दिए ।