१४ मंसिर, काठमाडौं । अस्ट्रेलियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा र कलेजहरुबारे जानकारी दिने उद्देश्यले विहीबार काठमाडौंमा एक सेमिनारको आयोजना गरिएको छ । वैदेशिक शिक्षा परामर्शदाता संस्था र्याफल एडुकेयरले अस्ट्रेलियका शिक्षा परामर्शदाताको उपस्थितिमा सेमिनारको आयोजना गरेको हो । काठमाडौंको पुतलीसडकस्थित एडुकेयरको कार्यालयमा आयोजित सेमिनारमा अस्ट्रेलियाले अबलम्बन गरेको नयाँ शिक्षा नीति तथा भिसाको अवस्थाबारे अस्ट्रेलियाली परामर्शदाताले जानकारी गराएका थिए । अस्ट्रेलियन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजीको सहकार्यमा आयोजित सेमिनारमा नेपाली विद्यार्थीको आकर्षण रहेका अध्ययन क्षेत्रबारे जानकारी गराइएको र्याफल एडुकेयरका संचालक दिनेश ढकालले जानकारी दिए ।
सेमिनारमा अस्ट्रेलियन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजीका विजनेस डेभलप्मेन्ट म्यानेजर माइकल मुनस्टकले अस्ट्रलियामा अध्ययन हुने नर्सिङ, विजनेश, अकाउन्टिङ, हस्पिटालिटी, मार्केटिङ, कुकरी, एभिएसन तथा इन्जिनियरिङलगायतका विषयमा जानकारी गराएका थिए । यी विषय अध्ययनका लागि नेपाली विद्यार्थीले अपनाउनुपर्ने प्रक्रिया, शैक्षिक शूल्कलगायतका विषयमा विद्यार्थीहरुलाई उनले जानकारी गराएका थिए ।
त्यस्तै अस्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श सेवा दिँदै आएका संस्था तथा इन्स्टिच्युटहरुले उपयुक्त विषयको अध्ययनबारे जानकारी गराउँदा अस्ट्रेलियाले अपनाएको नयाँ नीतिबारे राम्रोसँग जानकारी दिनुपर्ने मुनस्टकले बताए । अस्ट्रेलियामा अध्ययन गर्न नेपाली विद्यार्थीको आकर्षण बढ्दै गए पनि त्यहाँको अवस्थाबारे विस्तृत जानकारी र राम्रो परामर्शको अभावमा कतिपय विद्यार्थीले अस्ट्रेलियापुगेपछि दुःख पाउने गरेको अनुभव समेत मुनस्टकले सुनाए ।
१२ कक्षा सकेका र त्यसभन्दा माथिल्लो तहको अध्ययन सकेर थप अध्यन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी सेमिनार आयोजना गरिएको र्याफल एडेकेयरका दिनेश ढकालले बताए । सहभागीहरुलाई सेमिनारमार्फत निःशूल्क परामर्श दिइएको उनले जानकारी दिए ।
विगत १३ वर्षदेखि संचालित र्याफल एडुकेयरले अस्ट्रेलियालगायत, अमेरिका, युरोप, अमेरिका र न्युजिल्याण्डमा अध्ययन गर्ने विद्यार्थीका लागि परामर्श सेवा उपब्ध गराउँदै आएको जानकारी ढकालले दिए ।