२७ कात्तिक, काठमाडौं । विगतमा आफूलाई दुई रुपैयाँ उधारो नपत्याउनेका लागि अहिले मोरङको पथरी शनिश्चरेकी विमला भण्डारीले मासिक ५० हजार कमाउने भएकी छिन् । कुखुरापालनबाट उनी यो स्थानमा पुगेको कथा सुनाउँछिन् “घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे” मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भनिन्, “कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक रु ५० हजार कमाउन सक्ने भएकी छु ।”
एक दशक अगाडिसम्म श्रीमानलाई विदेश पठाएको ऋण तिर्न त के उनलाई घर फर्काउने रकमसमेत ऋण गरेर तिर्नुपरेको थियो। विमला आज त्यही ठाउँमा मेहनती महिला उद्यमीका रुपमा प्रसिद्ध बनेकी छिन् ।
व्यापार व्यवसाय शुरु गर्दाका दिनमा स–साना काममा पनि अल्छी नमानी लाग्ने विमला अहिलेसम्म आइपुग्दा कुखुरापालन र कुखुरको मासु बिक्री गर्ने काममा तल्लिन छिन् । ।
“गाउँमा मलाई दुई रुपैयाँका लागि समेत नपत्याउने अवस्था थियो, आज म आरामको जिन्दगी बाँचिरहेकी छु ।
मेहनती महिलाका रुपमा परिचित विमलाले अहिले घरैमा कुखुरा फर्म खोल्नुका साथै फ्रेस हाउस समेत चलाएकी छिन्। विदेश पठाएका श्रीमानले पैसा कमाउनु त कता हो कता उल्टै ऋण खोजेर उनलाई नेपाल फर्काउनुप¥यो ।
“भोकभोकै कैयौँ रात सुतेकी छु, तै पनि मैले हरेस खाइनँ । उनले लघुवित्त कार्यक्रममा सहभागी भएर समूहमा आबद्ध भएपछि रु पाँच हजार कर्जा लिई जुत्ता चप्पल व्यापार शुरु गरिन् । उनले जुत्ता चप्पल बेच्न साइकलमा पोका बोकेर बयरवन, रमाइलोलगायत बजारसम्म पुग्थिन् ।
मासिक रु ५० हजारभन्दा बढी कमाइ गर्न थालेपछि अहिले उनको जीवनशैली फेरिएको छ । उनको व्यापार पथरी शनिश्चरेमा मात्र सीमित छैन । इटहरीसम्म फैलिएको छ ।
विमलालाई काममा श्रीमानले समेत सघाउँछन् । अहिले उनीहरुसँग एउटा मारुती भ्यान पनि छ । जसको माध्यमबाट श्रीमान महेश भण्डारी कुखुरा बिक्रीका लागि इटहरीसम्म जान्छन् ।
फूलबारी सहारा महिला समूह नं ५८ की सदस्य विमला कुनै बेला त्यही समूहकी अध्यक्ष थिइन् । त्यहीबेला उनले नै प्रवद्र्धन गरेका समूह अहिले सो क्षेत्रमा क्रियाशील छन् । यही बीचमा उनले दुई कट्ठा जमिन जोडेकी छिन् । ठूली छोरीको बिहे गर्न खर्च जुटाइन् । अरु दुई छोरी र एउटा छोरालाई राम्रै पढाइरहेकी छिन् ।
विमलाले आफूसँगै अरुलाई पनि स्वावलम्बी बनाउन खेलेको योगदानको कदर गर्दै उनलाई यस वर्ष ‘प्रो मोहमद युनुस सहारा पुुुरस्कार’ प्रदान गरिएको छ । रु ५० हजार सहकारी क्षेत्रकै ठूलो धन राशिको पुरस्कार हो । उनलाई शनिबार सो पुरस्कार प्रदान गरिएको थियो ।