२३ कात्तिक काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित एक ग्यारेजमा विहीबार साँझ आगलागी हुँदा १ व्यक्तिको मृत्यु भएको छ । जयन्ती आयल स्टोरसँगै रहेको मोटर ग्यारेजमा आगलागी हुँदा १ जनाको मृत्यु हुनुका साथै २ व्यक्ति घाइते भएका छन् । घाइतेको उपचारका लागि नजिकैको ट्रमा सेन्टर लगिएको छ ।
मृत्यु हुनेमा मुलायम मिया रहेका छन् भने घाइतेको पहिचान खुल्न सकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याइएको छ ।
आगलागीलाई समयमै नियन्त्रण गर्न सकेकाले पेट्रोल पम्पमा आगो सल्किन नपाएको र सम्भावित ठूलो क्षति टरेको प्रहरीले जनाएको छ ।