९ साउन, कैलाली, । कैलालीमा बसर मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१५ कनरीमा आइतबार बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।
धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से१प ७८६० नंको मोटरसाइकल र फुलबारीबाट धनगढीतर्फ आउँदै गरेको से१ख ५२८ नंको सुदूरपश्चिम यातायातको बस कनरी भन्ने स्थानमा आपसमा ठोक्किएर
दुर्घटना भएको थियो ।
कैलारी गाउँपालिका–८ का करिब २६ वर्षीय वीरबहादुर चौधरी र गौरीगंगा नगरपालिका–११ का ३० वर्षीय दीपेन्द्र चौधरीको सेती अञ्चल अस्पताल पुर्याएलगत्तै मृत्यु भएको थियो । गम्भीर घाइते भएका थापापुर–९ जनकपुर गाउँका करिब २६ वर्षीय आशिष चौधरीलाई उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको लिएको छ ।