११ साउन, काठमाडौं । काठमाडौमा जारी सूर्यकुमार क्षेत्री अन्तरमिडिया कप फुटबल प्रतियोगितामा नेपाल वान टेलिभिजन सेमी फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतिश्पर्धामा एबिसी टेलिभिजनलाई पराजित गर्दै नेपाल वान टेलिभिजन सेमी फाइनलमा प्रवेश गरेको हो ।
गोलपोस्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा ललितपुरमा जारी प्रतियोगिताअन्तरगत आज भएको खेलमा नेपाल वान टेलिभिजनले एबिसी टेलिभिजनलाई ५-२ को गोलअन्तरले पराजित गरेको हो । नेपाल वान टेलिभिजनका कवेर डंगोलले २ गोल, मंगल लामा, सुवोध वगाले र सुजन थापाले १/१ गोल गरेका थिए । त्यस्तै एबिसी टेलिभिजनका दिपेन अधिकारीले दुई गोल फर्काएका थिए ।
वुधबार सेमी फाइनल र फाइनल खेल हुने छन् । सेमीफाइनल खेल नेपाल वान टेलिभिजन र नेपाल टेलिभिजन (एनटिभी) बीच हुने छ । त्यस्तै अर्को सेमी फाइनल इमेज च्यानल र पिजे क्बलबीच हुने छ ।