२३ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले मंगलबारबाट सुरु गर्ने आमहड्ताललाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार अपरान्ह बसेको मोर्चाको बैठकले आमहड्ताललाई सफल पार्न सबैलाई आह्वान गर्दे सबै दल शसक्त ढंगले लाग्ने निर्णय गरेको हो । बैठकले आमहड्ताको दिन साँझ ५ बजे बैठक बसी समीक्षा गर्ने निर्णय गरेको मोर्चाका प्रवक्ता प्रेम वहादुृर सिंहले जानकारी दिए ।
त्यस्तै बैठकले रौतहटमा भएको प्रहरी दमनको भत्र्सना गर्दे जनतालाई पायक हुने स्थानमा सरकारी कार्यालय राख्न माग गरेको छ । मुलुक संघीय संरचनामा जान लान लाग्दा सरकारले हतारमा सरकारी कार्यालय सार्ने निर्णय भएको मोर्चाले ठहर गरेको छ ।
मोर्चाले सहमतिमा नै संविधान जारी गर्न दवाव दिन भन्दै मंगलबारबाट विहीबारसम्म आमहड्तालको घोषणा गरेको छ ।