१२ चैत, काठमाडौं । विहीबार सुनको मूल्य पुनः उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले उकालो लागेर ५१ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ५१ हजार २ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि विहीबार तोलामा १० रुपैयाँले बृद्धि भएर ७ सय २५ मा कारोबार भयो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७ डलरको हाराहारीमा कारोबार भएको थियो ।