८ चैत्र, धादिङ । आइतबार बिहान धादिङको नीलकण्ठ नगरपालिका–१ सिउडीबारमा एउटा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
काउलेबाट धादिङबेसीतर्फ जाँदै गरेको ना १० च ६८६६ नम्बरको बोलेरो जीप सिउडीबारमा दुर्घटना हुँदा नीलकण्ठ–१ का १० वर्षीय बालिका अनिशा मगर र ७ वर्षीया आशिका रहेका छन् ।
दुर्घटनामा परी ५२ वर्षीय गोपी मगर, १२ वर्षीय विनोद मगर, ७ वर्षीय सुस्मिता मगर, ८ वर्षीय सुशल मगर, ४ वर्षीया अनुजा मगर र जीप ड्राइभर ४५ वर्षीय वीरबहादुर गुरुङ छन् ।
तिव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका दुई जनाको धादिङमा उपचार भइरहेको छ भने ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।