फिल्म ‘जिन्दगी रक्स’ आफ्नै कारणले पनि चल्छ भन्ने विश्वस्त रहेकी मोडल अकेशा बिष्ट अहिले चुपचाप छिन् । उनले यो फिल्मको व्यापारले आफ्नो फिल्मी यात्रा कसरी अगाडि बढ्ने टुंगो लाग्ने बताएकी थिइन् ।
तर, यो फिल्मले बक्स अफिसमा कमजोर व्यापार गर्दा अकेशाको फिल्मी यात्रामा पनि ब्रेक लागेको जस्तो देखिएको छ । अकेशाले यसपछि फिल्म नखेल्ने भन्दै अफर स्विकार गरेकी छैनन् ।
वुझ्नमा आए अनुसार छविराज प्रोडक्शनले बनाउन लागेको फिल्म ‘किस्मत २’का लागि अकेशालाई अफर गरिएको थियो । छविले यो फिल्ममा खेलाउन अकेशालाई पनि प्रस्ताव गरेका थिए । तर, अकेशाले आफूले अब फिल्म नै नखेल्ने भन्दै प्रस्ताव अस्विकार गरेकी थिइन् ।
आफ्ना टेलिभिजनका दर्शक, फेसबुक फ्यानबाट पाएको प्रतिक्रियाले पनि ‘जिन्दगी रक्स’ चल्नेमा ढुक्क भएकी अकेशा , ‘जिन्दगी रक्स’ले बक्स अफिसमा कमजोर व्यापार गर्दा म्यूजिक भिडियोबाट पाएको सफलता फिल्ममा नचल्ने देखेपछि उनी पछि हटेको अनुमान गरिएको छ ।